×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपहरणको आरोप लागेका बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी ! (उजुरीपत्रसहित)

LAXMI SUNRISE BANK

अपहरणको आरोप लागेका बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी ! (उजुरीपत्रसहित)

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनता समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।
आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा.यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् । नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए ।
हेर्नुहोस् उजुरीपत्र :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी