×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय योजना आयोगको पूर्ण बैठक दिउसो बस्दै ,बजेटका विषयमा छलफल हुने

LAXMI SUNRISE BANK

राष्ट्रिय योजना आयोगको पूर्ण बैठक दिउसो बस्दै ,बजेटका विषयमा छलफल हुने

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका विषयमा छलफल गर्न राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बिहीबार (आज) दिउसो बस्ने भएको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमै २ बजेका लागि बैठक राखिएको आयोगका एक सदस्यले जानकारी दिए ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट (आम्दानी र खर्च) को प्रक्षेपण राख्नेछन् । प्रधानमन्त्रीले चाहे त्यहाँ केही संशोधन हुने नभए त्यहाँबाट पारित भए पछि बजेटलाई मन्त्रिपरिषदमा पठाइनेछ । बिहीबारै बस्ने मन्त्रिपरिषद् बैठकले पारित गरेपछि अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् । संयुक्त सदनको बैठक ४ बजे राखिएको छ ।
बजेटा भाषण सकिए लगत्तै बिहीबार ६ बजे नै प्रतिनिधिसभाको अर्को बैठक समेत बस्दैछ । कोरोना महामारीका बीचमा आउने बजेटले स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिने सरकारले बताउदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी