×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लकडाउन’ प्रभाव : बन्दाबन्दीपछि महेशपुर भन्सार कार्यालयद्वारा सात लाख रुपैयाँ मात्रै राजश्व संकलन !

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माका अनुसार चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको बताए । 
लकडाउन शुरु भएदेखि नै राजश्व संकलन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालयलाई महेशपुर नाकाबाट भित्रिने सामग्रीको भन्सार महशुल संकलन नगर्ने आदेश गरेपछि राजश्व संकलन प्रभावित भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विसं २०७६ चैतमा बन्दाबन्दीअघि ८८ लाख र बन्दाबन्दीपछि जम्मासात लाख मात्र राजश्व संकलन भएको देखिन्छ । 
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कोरोना संक्रमणको असज परिस्थितिलाई ध्यानमा राखी सो नाकाबाट सकभर सामग्री भित्रिन नदिइएको बताए । चालु आर्थिक वर्ष २०७६/०७७ मा कुल रु १५ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ११ करोड १८ लाख राजश्व मात्र संकलन भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: