×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट आएका थिए पश्चिम नवलपरासीका तीन नयाँ संक्रमित, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार

PRIME CA

भारतबाट आएका थिए पश्चिम नवलपरासीका तीन नयाँ संक्रमित, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

नवलपरासी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पश्चिम नवलपरासीमा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा दुई र सुस्ता गाउँपालिकामा एक जना गरी कूल ३ जनामा कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बसिरहेका उनीहरुको स्वास्थ्य परिक्षणका लगि कार्यालयले थ्रोट स्वाबको नुमना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाएको थियो । अरुको रिपोर्ट नेगेटिभ आएपनि उनीहरु पोजेटिभ भेटिएपछि उनीहरुको कन्टेक्ट ट्रेसिङ गर्ने कार्य भैरहेको र आवश्यक परे सम्बन्धित वडाहरु पनि सिल गर्ने स्थानिय प्रशासनले जनाएको छ । उनीहरु अहिले सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा छन् र नजिकको आईशोलेशनमा पठाउने तयारी पनि भैरहेको छ कार्यालयले जनाएको छ ।
संक्रमित व्यक्तिहरु रोजगारीको सिलसिल भारतमा बस्दै आएका थिए तर लकडाउनका कारण उनीहरु केही दिन अगाडी मात्र जिल्लामा प्रवेश गरेका थिए । उनीहरुलाई सम्बन्धित गाउँपालिकको क्वारेन्टाइनमा राखिएको थियो । हालसम्म जिल्लामा कुल ५ जनामा कोरोना संक्रमति भेटिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: