- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ । जसका कारणले नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।
पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए । नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।