×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 : नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Q3 : नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा ८%ले धेरै हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ८५ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमा शुल्क बढेपनि खुद नाफा भने घटेको छ । चैत मसान्तसमम्मा कम्पनीको खुद नाफा ४ प्रतिशतले घटेर २४ करोड १० लाख रुपैयाँमा सिमित रहेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले आफनो समिक्षा अवधिमा २ लाख १ हजार ५ सय ३४ वटा बीमा लेख जारी गरेर १ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४३ करोड रुपैयाँ भन्दा बढी रकम रहेको छ। त्यस्तै कम्पनीको बीमा कोषमा ७२ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा रहेको विवरणमा उल्लेख छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: