×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशगजामा सय बढी नेपाली अलपत्र : भारतले जा भन्छ, नेपाल आउँदा बाटो बन्द

LAXMI SUNRISE BANK

दशगजामा सय बढी नेपाली अलपत्र : भारतले जा भन्छ, नेपाल आउँदा बाटो बन्द

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय जना भन्दाबढी नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।  
दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिए ।  सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारी भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।
यसबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको र निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी