×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेनाले किनेको स्वास्थ्य सामग्री लिन आज वाइडबडी चीन जाँदै, २८.६६ टन स्वास्थ्य सामाग्री ल्याउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेनाले किनेको स्वास्थ्य सामग्री लिन आज वाइडबडी चीन जाँदै, २८.६६ टन स्वास्थ्य सामाग्री ल्याउने

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज आज चीन जाने भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार चीनको ग्वान्जाओमा राखिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको हो । 
आज साँझ जाने वाइडवडी २८.६६ टन स्वास्थ्य सामाग्री लिएर भोलि फर्किनेछ । सेनाले खरिद गरेको स्वास्थ्य सामग्री जहाजमार्फत ल्याउन लागेको अन्तिम पटक हो । सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामाग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना रहेको बताएको छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार हालसम्म आधा स्वास्थ्य सामग्री आइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी