- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चीनको बेइजिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी जहाज काठमाडौँ आइपुगेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्वास्थ्य सामग्री लिएर आएको निगमको कार्गो जहाज केहीबेरअघि काठमाडौँ विमानस्थलमा अवतरण हो ।
यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । दुवै वाइड बडीजहाज बुधबार ती गन्तव्यमा उडान भरेका थिए ।