×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ वैशाखमा नेपाल एयरलाइन्स अष्ट्रेलियाको सिड्नी जाने, नेपाल आउन चाहानेलाई सम्पर्क गर्न दुतावासको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२४ वैशाखमा नेपाल एयरलाइन्स अष्ट्रेलियाको सिड्नी जाने, नेपाल आउन चाहानेलाई सम्पर्क गर्न दुतावासको आग्रह

Artha Sarokar

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अष्ट्रेलियन नागरिक बोकेर नेपाल एयरलाइन्स २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने भएको छ ।अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दुतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपालमा रहेका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिस्वेनमा चार्टर्ड उडान गरिसकेको छ । उक्त समयमा अष्ट्रेलिया र न्यूजिल्याण्डका नागरिकलाई घर फर्काइएको थियो ।
यस्तै दुतावासले नेपालबाट अष्ट्रेलिया फर्कन चाहने नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । दुतावासका अनुसार नेपालबाट तेस्रो चार्टर्ड उडानको तयारी समेत सुरु भएको छ । यो उडान जेठ २ गते हुने बताइएको छ । उक्त उडानसमेत नेपाल एयरलाइन्सबाटै हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी