Skip to content
LAXMI SUNRISE BANK

भारतबाट फर्किएकामध्ये ६७० जनाको मात्र आरडीटी परीक्षण, १५ जनाको रिपोर्ट ‘पोजेटिभ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । भारतवाट सीमा नाका हुँदै हजारौँको संख्यामा नेपालीहरु नेपाल प्रवेश गर्न थालेका छन् । जसका कारणले नेपालमा कोरोनको जोखिम बढ्दै गइरहेको छ । तीन दिनयता मात्र भारतबाट ३ हजार २५५ नेपाली नेपाल प्रवेश गरेका छन् । भारतबाट नेपाल प्रवेश गर्नेहरुमध्ये किटको अभावमा ६७० जनाको मात्र आरडीटी परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये १५ जनामा आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालसिह धामीले जानकारी दिए ।
आरडीटी पोजेटिभ देखिएकाको पीसीआर चेकजाँच हुदैछ र उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको धामीले बताए । अन्यको भने आरडीटी किटको अभावमा चेकजाँच नगरी सम्बन्धित जिल्लाको स्थानीय तहको जिम्मा लगाइएको उनले बताए ।
कैलालीमा हाल करिब ६ सय जतिमात्र किट मौज्दात रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । प्रदेशका अन्य जिल्लाहरुमा पनि केही किट मौज्दात रहेको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK