
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जीवनबीमा कम्पनीहरुमध्येकै नम्बर १ बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्बभन्दा बढी बढेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३ अर्ब २२ करोड रुपैयाँ बढी हो । प्रकाशित विवरण अनुसार चैत मसान्तसम्ममा १६ अखर्ब ६९ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत १ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ।
इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ। गत आर्थिक बर्षको चैत्र मसान्तसम्ममा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले चालु आर्थिक बर्षको सोही अवधिसम्ममा ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्स्को प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९२.९२ गुणा कायम भएको छ।
यस कम्जपनीकोगेडा कोषमा २ अर्ब ७३ करोड रुपैयाँ, जीवन बीमा कोषमा ८१ अर्ब ३७ करोड रुपैयाँ र महाविपत्ती कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या चैत्र मसान्तअसम्म १२ लाख ८० हजार ३१० रहेको छ। हालसम्ममा इन्स्योरेन्सले १ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ। इन्स्योरेन्सले सोअवधिसम्ममा कुल ३० हजार ४७४ दाबी बापतको ४ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। यद्यपि ७२ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्