
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनका बेला निमार्ण सामग्रीमा मुल्य वृद्धि गरिएको भन्दै तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ । महासंघले निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मूल्य बढाएको भन्दै रोक्न माग गरेको हो । लकडाउनका बेला फाइदा उठाउँदै निर्माण सामग्री र ढुवानीमा कृत्रिम रुपमा मिलोमतोमा अत्यधिक मूल्यवृद्धि गरिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । लकडाउन अघिको मूल्य र हालको मूल्यमा सिमेन्ट प्रतिबोरामा ८० देखि १२० रुपैयाँ र रड प्रतिकिलो १० देखि १५ सम्म मूल्यवृद्धि भएको छ।
यस्तै विश्व बजारसहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य नहुने महासंघले जनाएको छ । महासंघले कोरोनाका कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु १२ महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्