×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि कालीमाटीका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखियो !

GLOBAL IME BANK

दुई प्रहरीमा संक्रमण पुष्टि भएपछि कालीमाटीका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखियो !

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि झन्डै डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
प्रहरी कार्यालय पनि शिल गरिनुका साथै सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । मंगलबार कोरोना संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: