
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको नाफा गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा घटेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमामा बैंकले १ अर्ब ६० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अर्थात यो आर्थिक बर्षको नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा १६ करोड २४ लाख रुपैयाँले कम हो ।
बैंकको खुद ब्याज आम्दानीमा कमी आएपछि खुद मुनाफा घटेको हो । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा २१ करोड ७३ लाख रुपैयाँ कम हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १५ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेको छ । गत आवको चैत मसान्तमा २५ रुपैयाँ २६ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आवको सोही अवधिमा घटेर २१ रुपैयाँ ४१ पैसामा खुम्चिएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.२४ गुणा रहेको प्रकाशित विवरणमा उल्लेख छ ।
८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब १६ करोड ७९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । बैंकले सो अवधिसम्ममा १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ४३ लाख रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा ०.१९ प्रतिशत रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्