×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लकडाउन धनगढी’ : नेपाल एसबिआई बैंकको चरम लापरवाही, पेन्सनपट्टा लिनेहरुको अचाक्ली भिड…!

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी – नेपाल एसबिआई बैंकको धनगढी शाखामा चरम लापरवाही भएको छ । बैंकमा आउने सेवाग्राहीले सामाजिक दुरी कायम गरेका छैनन् । यसो त सबैलाई थाहानै छ कोरोनाबाट बच्न वा फैलिन नदिन सामाजिक दुरी कायम अत्यावश्यक छ । तर बैंकको उक्त शाखामा उपस्थित सेवाग्राहीहरु सामाजिक दुरी कायम एकैठाउँमा बसिरहेका छन् । यता उपस्थित सेवाग्राहीहरु एकैठाउँमा त्यसरी बसिरहँदा बैंकले पनि कुनै कदम चालेको देखिंदैन ।

यसो त कोरोना भाइरसकै कारण देश लकडाउन गरिएको पनि १ महिना बढी भइसकेको छ । कोरोना संक्रमितको संख्या पनि बढ्ने क्रममा छ । केहि समय अगाडी धनगढीमै कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै थियो तर बैंकको यस्तो लापरवाहीले फेरी पनि जोखिमनै देखिन्छ । बैंकले बैंकमा आउने सेवाग्राहीका लागि न त साबुन पानीको व्यवस्था गरेको छ न त सेनिटाइजरको व्यवस्था गरेको छ । जसले गर्दा सेवाग्राहीमाथि बैंकले लापरवाही गरेको छ ।

दृश्यमा हेरौं बैंकले गरेको लापरवाही…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: