×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालगञ्जको जमुनाह नाकाबाट एक हजार बढी नेपाली भित्रिए, सबैभन्दा बढी दैलेखबासी

PRIME CA

नेपालगञ्जको जमुनाह नाकाबाट एक हजार बढी नेपाली भित्रिए, सबैभन्दा बढी दैलेखबासी

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपालगञ्ज
  • अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार बुधबार भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् ।
जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिइएको र सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आ-आफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: