Skip to content
LAXMI SUNRISE BANK

Breaking : नेपालगञ्जमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपालमा कोरोना भाइरसका थप ९ जना संक्रमित भेटिएका छन् । नेपालगञ्जमा आइतबार ९ जनामा संक्रमित फेला परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।
आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना स‌ंक्रमित भेटिएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK