×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतारमा २ हजार बढी नेपाली कोरोना संक्रमित, सतर्कता अपनाउन दूतावासको आग्रह

LAXMI SUNRISE BANK

कतारमा २ हजार बढी नेपाली कोरोना संक्रमित, सतर्कता अपनाउन दूतावासको आग्रह

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कतारमा कोरोना संक्रमित नेपालीको संख्या २ हजार ३ सय पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म २ हजार ३ सय नेपालीहरुमा कोरोना संक्रमित भएका हुन्।
कतारमा हालसम्म कोरोनाका कारण कुनै पनि नेपालीको ज्यान भने गएको छैन । पछिल्लो समय कतारमा कोरोना संक्रमणको दर उच्च रहेको पाइएको छ।
कतारमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
एकैदिन थप १ हजार १३० जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २१ हजार ३३१ पुगेको हो । कतारमा हालसम्म २ हजार ४४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १८ हजार ८९९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उपचाररत कोरोना संक्रमित बिरामीमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको छ । कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेका कारण कतारस्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी