- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउन केही खुकुलो बनाउने भएको छ । शुक्रबारदेखि ४४ प्रकारका उद्योगहरुलाई संचालनको अनुमति दिएसँगै धितोपत्र बजार कारोबार गर्न पनि अनुमति दिने भनिएको छ । लकडाउन शुरु भएयता सेयर कारोबार पनि बन्द अवस्थामा छ ।
सेयर कारोबार सुचारु भएमा एकतिहाई कर्मचारीले मात्र काम चलाउनुपर्नेछ । साथै सामाजिक दुरी पनि कायम राख्नुपर्नेछ । यसो त नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यसअघि नै सरकारले लकडाउनलाइ सहज बनाएमा सेयर कारोबार खुल्ला गर्ने बताएका थिए ।