Skip to content
LAXMI SUNRISE BANK

सेयर कारोबार गरेर हिसाब राफसाफ गर्न बाँकी रहेकालाई असार मसान्तसम्म समय थप…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धितोपत्र बजारमा कारोवार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि  २०७७ असार मसान्तसम्म थप भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको कारणले प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै अवधि थप गर्ने निर्णय गरेको हो ।
जससंगै सेयर कारोबार बन्द हुनु अगाडीको बाँकी रहेको राफसाफ अब असार मसान्तसम्म गरे हुने भएको हो ।यसअघि उक्त अवधि वैशाख मसान्तसम्म रखिएको थियो । तर लकडाउनको अवधि बढेपछि राफसाफ गर्ने अवधि पनि बढाइएको हो । 
यता धितोपत्र ऐन बमोजिम सुचिकृत कम्पनीले बोर्डलाई बुझाउनु पर्ने विवरण बुझाउने म्याद पनि थपिएको छ । अब कम्पनीहरुले उक्त  विवरण २०७७ असार मसान्तसम्म बुझाउन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK