×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय संसदमा राखियो नयाँ नक्सासहितको लोगो !

LAXMI SUNRISE BANK

संघीय संसदमा राखियो नयाँ नक्सासहितको लोगो !

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो ।
मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको थियो । नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ भने सांसदहरुले लगाउने प्रतीक चिह्न अर्थात् लोगो फेर्ने काम पनि अघि बढाइएको संसद सचिवालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी