×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालको नयाँ नक्सा राखेर संविधान संशोधन हुँदा देशमा दिपावली हुनेछ’ : प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK

‘नेपालको नयाँ नक्सा राखेर संविधान संशोधन हुँदा देशमा दिपावली हुनेछ’ : प्रधानमन्त्री ओली

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी नेपाली भूमि भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो भूमि नेपालकै भएकाले नयाँ नक्सा पारित गरिएको बताए ।
“मन्त्रिपरिषदले नयाँ नक्सा पारित गरेको छ । नेपालको भूमि फिर्ता लिनका लागि नयाँ नक्सा पारित गरिएको हो ।” यो नेपालकै भूमि भएकाले विवादित भूमि मान्न नसकिने प्रधानमन्त्री ओलीले बताए । “२०१८ सालसम्म तिरो उठाउने गरिएको थियो । कालापानीमा भारतीय सेना बसेपछि मात्रै लिम्पियाधुरा जान नसकिएको मात्रै हो”, उनले भने । प्रधानमन्त्री ओलीले यो विषय सेलाउन नदिइने बताए ।
“कालापानी फिर्ता लिइन्छ । यो विषयलाई सेलाउन दिइने छैन”, प्रधानमन्त्री ओलीले भने । “नयाँ नक्सा पारित भएको छ । अब कुटनैतिक माध्यमबाट नेपालको भूमि फिर्ता लिइन्छ”, प्रधानमन्त्री ओलीले भने । नयाँ नक्सा पारित गरिनुलाई तमासाको विषय मान्न नहुने बताए । नेपालको नयाँ नक्सा पारित गरेर कुनै तमासा गरिएको होइन । फिर्ता ल्याउनुलाई गरिएको हो । आजभोलि नै नयाँ नक्सा सार्वजनिक हुन्छ ।” अब चाँडै संविधान संशोधन गरी नेपालको निशाना छापमा नेपालका नक्सा फेरिने बताए ।
“संविधानको अनुसूची तीन संशोधन गरिनेछ । त्यहाँ नेपालको नयाँ नक्सा राखिनेछ”, प्रधानमन्त्रीले भने । त्यस दिन देशमा दिपावली हुने प्रधानमन्त्री ओलीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी