×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशियामा छड्के ! सुर्यविनायक शाखामा गज्जबको सेवा, नयाँबानेश्वरका ग्राहक निराश भएर फर्के ! (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पूरै विश्व कोरोना भाइरसको त्रासमा छ । नेपालमा पनि यहि कारण पूरै देश लकडाउन गरिएको छ । तर अत्यावश्यक सेवा भएकाले बैंक तथा वित्तीय संस्था खुला गरिएको छ । बैंकका केहि शाखा खुला गरिएका बेला विभिन्न बैंकहरुमा कोरोनाको जोखिम रहेको विश्लेषण पनि गरिएको छ । के बैंकहरुमा जोखिम बढेकै हो त ? सहज उत्तर हो, ‘हो’ । पछिल्ला दुई घटनाले यो उत्तरलाई थप प्रष्ट पारेको छ । लक्ष्मी बैंक लिमिटेडमा कार्यरत कर्मचारीका आफन्तमा कोरोना पुष्टी हुनु र कोरोना संक्रमित एनआइसी एशियासम्म पुगेको तथ्य पुष्टि हुनुले हामी कति जोखिम मोलेर बैंक खोलिरहेका छौं भन्ने पुष्टी हुन्छ ।
बैंकसँग जोडिएर कोरोनासँग जोडिएका दुई घटनामध्ये पनि एनआइसी एशिया बैंकसँग जोडिएको घटना अलि बढी डरलाग्दो छ । किनकि एनआइसी एशिया बैंकमा ग्राहकहरुको संख्या ठुलो छ । र त हामी आज एनआइसी एशिया बैंकले कतिको सुरक्षा सतर्कता अपनाएको छ वा बैंकको सेवा कस्तो छ भनेर बुझ्न बैंकका केहि शाखाहरुमा पुगेका छौं ।
१. हामी एनआइसी एशिया बैंकको खिचापोखरी शाखा पुग्दा शाखामा निकै सुरक्षा केन्द्रित कामहरु देखिन्थे । लाइनको दुरी मिलाउने प्रयास गरिएको थियो । सेनिटाईजरको व्यवस्था गरिएको थियो । थर्मल गनले ज्वरो नापेर मात्र ग्राहकलाई भित्र प्रवेश गराईएको थियो । ग्राहकहरु पनि निकै खुसी थिए ।     
१. बैंकको महाराजगंज शाखामा लापरवाही देखिन्थ्यो । दुरी कायम थिएन । भीडभाड उस्तै थियो तर नियन्त्रण गर्ने प्रयाससम्म भएको थिएन । एक ग्राहक भीडभन्दा पर गएर आफ्नो काम गरिरहेको तस्विर भने हेर्न लायक थियो ।    
२ . बैंकको कमलादी शाखा औसत थियो । दुरी कायम नभएपनि दुरी कायम गर्न खोजिरहेका थिए ग्राहक । एनआइसी एशिया बैंकमा कोरोना संक्रमित पुगेको खबर थाहा पाएका उनीहरु आफैं दुरी मिलाएर बस्न खोजिरहेका थिए ।    
३ . बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय रहेको ब्रान्चमा खासै भीड थिएन । तर यहाँ सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउने दुष्प्रयास गर्यो बैंकले । तर हामीले हाम्रो काम गरिरह्यौं । बैंकका कर्मचारी बढी नै शशंकित देखिन्थे । बैंकसम्म कोरोना संक्रमित पुगेको पुष्टी भएपछि पनि उनीहरु दुरी कायम गर्ने कुरामा खास सिरियस भने देखिएका थिएनन् ।     
४ . बैंकको सबैभन्दा गज्जबको सेवा भने सुर्यविनायक शाखामा थियो । सबै कुरा व्यवस्थित थियो । हामीले ब्रान्च मेनेजर रोशन श्रेष्ठसँग पनि कुरा गर्यौं । सार्है भलादमी रहेछन् श्रेष्ठ । उनले हामीलाई स-विस्तार बैंकले दिइरहेको सेवाबारे पनि जानकारी दिए । सेनिटाईजरको व्यवस्था सार्है राम्रो थियो । दुरी कायम भएको थियो । सेवा निकै चुस्त देखिन्थ्यो ।        
५ . बैंकको सबैभन्दा झुर सेवा भनेको नयाँ बानेश्वर शाखाको थियो । हामी दुई दिन निरन्तर बैंक पुग्दा कुनै दिन पनि ब्रान्च मेनेजर बैंकमा भेटिएनन् । गर्ववति विदामा बसेकी महिलाको नम्बर इमर्जेन्सी भनेर दिइएको थियो । जवकी उनले खास रेस्पोन्स पनि नगर्ने रहीछिन् । सेवाको गुनासो छ भने ब्रान्चमा नभेटिने ब्रान्च मेनेजरको नाम लिने र अन्य गुनासो पोख्दा अर्जुन खनियाँलाई फोन गर्नू भनेर निकै ठाडो भाषामा उर्दी जारी गर्ने रहिछिन् । न दुरी कायम थियो बैंकमा न अन्य सुरक्षा संवेदनशीलता । सेवा पनि सार्है झुर । अव्यवस्थित लाइनदेखि डर मानेर केहि ग्राहकहरु बीचबाटै निराश भएर फर्केकोसमेत देखिएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: