
- अर्थ सरोकार सम्बाददाता
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको एनआईसी एसिया बैंकको एटिएम तोडफोड गरी पैसा चोरी गर्न खोज्ने पक्राउ परेका छन् । बैशाख १७ गते राति ११ बजेको समयमा महेन्द्रनगर रोडमा स्थित बैंकको तल्लो तलमा रहेको एटिएम मेसिनमा तोडफोड गरी पैसा चोर्न खोज्ने बझाङको थलरा गाउपालिका १ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर मटेना ससुरालीमा बस्दै आएका २२ वर्षीय सुनिल खड्कालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टका अनुसार निरन्तर अनुसन्धान गर्दै जाँदा एटिएम तोडफोड गरेको ५ दिनमै पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी हबल्दार चक्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई महेन्द्रनगरमा पुगेर पक्राउ गरेको डिएसपी बिष्टले जानकारी दिए ।
एटिएम तोडफोड गर्दा सिसिटिभी क्यामरामा कैद भएका फोटोका आधारमा अनुसन्धान गर्दै जाँदा उनको पहिचान गरि पक्राउ गरिएको उनले बताए । उनले पक्राउ परेका खड्कालाई अहिले कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएको जानकारी दिए । १६ लाख बढि पैसा रहेको एटीएम मेसिनमा तोडफोडमा प्रयास धेरै गरेपनि पैसा झिक्न नसकेका कारण एटीएम रहेको सबै पैसा सुरक्षित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्