×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हो ! हाम्रो बैंकमा संक्रमित आउनुभएको पुष्टी भयो, टेलरका कर्मचारीलाई आइसोलेसनमा पठाइएको छ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘हो ! हाम्रो बैंकमा संक्रमित आउनुभएको पुष्टी भयो, टेलरका कर्मचारीलाई आइसोलेसनमा पठाइएको छ’ (भिडियो)

Artha Sarokar

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंकको बाराको जितपुर शाखाबाट जितपुरमा कोरोना संक्रमण पुष्टी भएका व्यक्तिले नगद लिएर गएको पुष्टी भएपछि नीजलाई नगद दिने टेलरका सो कर्मचारीलाई आइसोलेसनमा लगिएको बैंकका एचआर प्रमुखलेसमेत पुष्टी गरेका छन् । जितपुरमा भेटिएका कोरोना संक्रमित चेक साट्न एनआइसी एशिया बैंक गएको र नगद लिएको प्रमाणित भएपछि स्थानीय प्रशासन बैंकमा पुगी कर्मचारीहरुलाई लिएर आइसोलेसनमा लगेको खबर सत्य भएको उनले पुष्टी गरेका हुन् । 
तर यति हुँदा पनि एनआइसी एशिया बैंकले भने चरम लापरवाहीका साथ निकै जोखिमपूर्ण सेवा दिइरहेको छ । काठमाडौँमा खुलेका अधिकांस शाखामा दुरी कायम गरिएको छैन भने जनस्वास्थ्यमाथि ध्यान दिइएको छैन । धेरै ग्राहक भएको बैंक भएकाले पनि अरु बैंकभन्दा एनआइसी एशिया बैंकमा थप जोखिम हुनु स्वाभाविक हो । सेवा दिने नाममा सरकारले जारी गरेको उर्दीसमेत नमान्ने बैंक, र आफ्नो व्यवस्थापनको कमजोरी सुधार्नुको सट्टा ग्राहकहरुलाई नै दोष दिने परिपाटीले बैंक आफ्ना ग्राहकहरुप्रति कतिसम्म अनुत्तरदायी छ भन्ने स्पष्ट देखिन्छ । यस विषयमा एचआर प्रमुख गौतमले आफुले यस विषयमा बैंकमा कुरा राख्ने र गल्ती सुधार्ने बताएका छन् । 
हेर्नुहोस् बैंकको लापरवाही र गौतमको भनाइबारे तयार गरिएको भिडियो रिपोर्ट:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी