×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वडाअध्यक्षलाई कोटेश्वरबासीको फोन- ‘एनआइसी एशियाले कोरोना सार्ने भो, शाखा बन्द गरिदिनुपर्यो…’ (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार

PRIME CA

वडाअध्यक्षलाई कोटेश्वरबासीको फोन- ‘एनआइसी एशियाले कोरोना सार्ने भो, शाखा बन्द गरिदिनुपर्यो…’ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौँ । यो एनआइसी एशिया बैंकको कोटेश्वरस्थित शाखा हो । र यो कोटेश्वर शाखामा ग्राहकहरुको अव्यवस्थित भीड । न सामाजिक दुरी कायम गरिएको छ, न जनस्वास्थ्यमाथि ख्याल गरिएको छ । ख्याल गरिएको छ त केबल कतिको कारोबार हुने भयो भन्ने व्यापारिक तथ्यांक, र यसरी सेवा दिइरहेका छौँ भन्ने घमण्ड । सरकारले जारी गरेको सामाजिक दुरीसम्बन्धि उर्दी पनि रद्दीको टोकरीमा फालेर एन आइसी एशियाले गरिरहेको छ त केवल व्यापार, व्यापार अनि व्यापार । 
तर हद भएपछि जनताले विद्रोह गर्छन् । एनआइसी एशिया बैंकको लापरवाहीले पनि हद नाघेपछि तिनकुनेबासीले विरोध गरेका छन् । एनआइसी एशिया बैंकको तिनकुने शाखाले निकै अव्यवस्थित ढंगले कोरोना भाइरसको जोखिम हुने गरी शाखा खोलेको, सामाजिक दुरी कायम नगरेको, जनताको स्वास्थ्यमाथि खेलबाड गरेको र उल्टै आफ्ना ग्राहकहरुलाई हप्कीदप्की गरेको भन्दै तिनकुनेबासीले वडा अध्यक्षसामु उक्त बैंकको तिनकुने शाखा को रोना प्रकोप नसकुन्जेल बन्द गर्न आग्रह गर्दै वडाअध्यक्षलाई गुहारेका छन् । मंगलबार तिनकुने शाखामा अत्याधिक लापरवाही देखिएपछि स्थानीयले वडा अध्यक्ष लाई फोन गरेका थिए ।
सुरुमा वडा अध्यक्षले प्रहरी प्रशासनलाई खबर गर्न सुझाव दिएका थिए । तर प्रहरी नै एनआइसी एशिया बैंकको लाइनमा निकै लापरवाही ढंग ले बसेको खबर गरेपछि वडाअध्यक्षले शाखा बन्द गराउन पहल गर्ने बताएका छन् । यता बैंकले चरम लापरवाही गरेका बेला बैंकका ब्रान्च मेनेजर भने बैंकमा थिएनन् । 
देशमा दिनानुदिन कोरोनाको त्रास बढीरहेको छ । यस्तो बेलामा पनि बैंकहरुले सेवा दिनु सराहनीय कुरा पनि हो । तर मनलाग्दी तरिकाले, सरकारको उर्दीसमेत वेवास्था गर्दै यस्तो विपतका बेला जनस्वास्थ्यमाथि यस्तो गम्भीर खेलबाड गर्ने बैंकलाई कारवाही गर्नुपर्ने स्थानीयहरुको भनाइ छ । हेर्नुहोस् भिडियो :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: