
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् ।
‘शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाइ बेरोजगारी अन्त्य गर्न प्रोजेक्ट फाइनान्सिङको व्यवस्था मिलाइने छ,’ उनले भनिन्, ‘जसले जे विषय अध्ययन गरेको हो, त्यससँग सम्बन्धित पेशा व्यवसाय वा उद्यम गर्न परियोजना धितोमै रकम उपलब्ध गराइने छ ।’
यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्