
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । सरकारले नवलपरासीस्थित धौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
यस्तै कृषि क्षेत्रमा थप प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ । सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ ।
त्यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । ‘स्वदेशी वस्तुको उपयोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नारासहित स्वदेशी वस्तु उपयोग गर्ने अभियान चलाईने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्