Skip to content
LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम : सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाइने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले चीन र भारतसँगका सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाउने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमा नाकामा यस्तो व्यवूथा गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई जानकारी गराइन् ।
सीमा क्षेत्रमा हेल्थ डेस्क र क्वारेन्टाइन नहुँदा खासगरी भारतबाट नेपाल भित्रिएकाहरुमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ।सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK