
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रुपमा सञ्चालनको घोषणा गरेकी छन् ।
सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउने, अनौपचारक क्षेत्रका श्रमिम, स्वरोजगार र वैदेशिक रोजगारमा गएका कामदारलाई समेत यस कार्यक्रममा समेटिने उनको भनाइ छ । आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकको पहिचान गरी उनीहरुको संरक्षण राज्यले गर्ने भएको छ ।
यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्