
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले देशभरका शहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना गर्ने भएको छ । अहिले देशभरमा २९ वायु प्रदूषण नियन्त्रण केन्द्र छन् ।
राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारकारका राजधानीलाई हरित गृहमा विकास गरिने बताइन् । यसका लागि सरकारले विरुवा उत्पादन गरेर वितरण गर्नेछ ।
यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ ।
साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ भने अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्