Skip to content
LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम : देशभरका शहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले देशभरका शहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना गर्ने भएको छ । अहिले देशभरमा २९ वायु प्रदूषण नियन्त्रण केन्द्र छन् । 
राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारकारका राजधानीलाई हरित गृहमा विकास गरिने बताइन् । यसका लागि सरकारले विरुवा उत्पादन गरेर वितरण गर्नेछ । 
यस्तै सरकारले २५ चैतदेखि कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बीमा अब आगामी वर्षबाट भने देशैभर पुर्याउने भएको छ । 
साथै सरकारले ४० वर्ष माथिका नागरिकलाई ६ महिनाको एक पटक पिसाबमा अल्बुमिन, रक्तचाप तथा रगतमा ग्लुकोज निःशुल्क जाँचको व्यवस्था गर्नुका साथै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ। सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ भने अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षाको छातामुनी समेट्ने भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK