×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको तेश्रो त्रैमास : खुद नाफा बढ्यो, प्रति सेयर आम्दानी कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्सको तेश्रो त्रैमास : खुद नाफा बढ्यो, प्रति सेयर आम्दानी कति ? (विवरणसहित)

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।ले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ३८ लाख ४५ हजार रुपैयाँले बढाएर १५ करोड ७२ लाख ७४ हजार खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ९ करोड ४ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५३ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी ६४ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा २७ करोड ७० लख रुपैयाँ, बीमा कोषमा ८७ करोड ९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ३० लाख रुपैयाँ सञ्चित छ । प्रकाशित विवरण अनुसार कम्पनीले पुनर्बीमा कमिशन १९ करोड ७७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले १ लाख ३० हजार ४४६ वटा बीमालेख जारी गरी १ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको २१ हजार ८६२ वटा बीमालेखहरु नवीकरण भएका छन् । कम्पनीले ५ हजार २६७ वटा दाबी बापत ७५ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ३२४ वटा दाबी वापत ८९ करोड ७२ लाख भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात १६.६२ गुणा बढी रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: