×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अब भाइबरबाटै खाता खोल्न सकिने

LAXMI SUNRISE BANK

एनएमबि बैंकले ल्यायो नयाँ सुविधा, अब भाइबरबाटै खाता खोल्न सकिने

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । एनएमबि बैंकको खाता अब भाइबरमार्फत घरबाटै खोल्न सकिने भएको छ । बैंकले फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसंगै भाइबरमा च्याट गरेर पनि मुद्दती निक्षेप खाता खोल्न सकिने भएको हो । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित को सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको दाबी गरेको छ । 
डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्य दिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्गअनुभवहरु परिस्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले मुद्दती निक्षेप खाता खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामाकुनै सम्झौताबिनाग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी