
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कल निक्षेप र संस्थागत मुद्दति निक्षेपमा कडाई गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै सो व्यवस्था गरेको हो ।
अब ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले कल निक्षेप र संस्थागत मुद्दति निक्षेपमा तोकिएको न्यूनतम भन्दा धेरै ब्याज दिन पाउने छैनन् अर्थात बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदर भन्दा बढी ब्याज यस्ता खातामा दिन पाइनेछैन ।
यस्तै राष्ट्र बैंकले यस्ता खाताहरुमा चेकसमेत जारी गर्न नपाउने पनि बताएको छ । कल र संस्थागत मुद्दति बाहेकका निक्षेपमा भने न्यूनतम ब्याजदरमा ०.५५ सम्म बढी ब्याज दिन पाउने व्यवस्था कायम नै रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै संस्थागत मुद्दति निक्षेपलाई थप व्यवस्थित बनाइने भनेसँगै बुधबार यसको कार्यान्यवनका लागि सो निर्देशन जारी गरिएको जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्