×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण पुष्टि !

PRIME CA
GLOBAL IME BANK

नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण पुष्टि !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु – पछिल्लो समय कपिलवस्तुमा दैनिक जसो कोरोना संक्रमित व्यक्ति फेला परिरहेका छन् । सोहि क्रममा  जिल्लास्थित एक अस्पतालमा काम गर्ने नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए । 
यता प्रदेशको सामाजिक विकास मन्त्रीका प्रेस सल्लाहकार रुद्रहरि कुँवरले पनि स्वास्थ्यकर्मीमा कोरोना देखिएको पुष्टि गरेका छन् । आज मात्र नेपालमा ५७ जना कोरोना संक्रमित भेटिएका थिए । जसमा वीरगञ्जका ४ जना पत्रकारलाइ पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: