
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । नुवाकोटमा ८ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । नुवाकोटको त्रिशुली अस्पतालमा १६३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको थियो । जिल्ला अस्पतालमा कार्यरत स्वास्थकर्मी र कर्मचारी लगायत १३६ जनाको आरडिटी परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट शंकास्पद आएको हो । साथै पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुरक्षाकर्मी, काउन्टरमा बस्नेसहित ८ कर्मचारीको आरडिटी रिपोर्ट शंकास्पद देखिएको त्रिशुली अस्पलालका मेडिकल सुपरीटेन्डेन्ट डा रेमकुमार राइले एक प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएका छन् । यस्तै अस्पतालको आइसोलेसन वार्डमा रहेका १ जना विरामी र अन्य अस्पतालकै ६ जना कर्मचारीको पनि स्वाव संकलन गरी पिसिआर परीक्षणको लागी टेकु ल्याइएको राइद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । साथै नमुना संकलन गरिएको सम्पुर्ण व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालको निगरानीमा रहेको उनले बताए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्