काठमाडौँ – अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् । ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन् ।
कलेज र विश्वविद्यालयमा अध्ययनरत अश्वेत विद्यार्थीहरुको दिक्षान्त समारोहलाई अनलाइनमार्फत सम्बोधन गर्दै ओबामाले गोराभन्दा काला समुदायमा कोरोना प्रभाव बढी देखिएको यसले अमेरिकी व्यवस्थामा रहेको कमजोरीलाई उजागर गरिदिएको उल्लेख गरे।
विद्यार्थीहरुलाई सम्बोधन गर्दै ओबामाले भने, ‘यो महामारीका बेला जिम्मेवार पदमा रहेका व्यक्तिहरु कस्ता छन् भन्ने थाहा भएको छ, उनीहरुमध्ये धेरै व्यक्तिहरुले त आफू के काममा लागि जिम्मेवार हुँ भन्ने नै देखाउन सकिरहेका छैनन्।’
कोरोना महामारीले यतिखेर अमरिकाको नस्लीय असमानतालाई उजागर गरिदिएको बताउँदै ओबामाले देशमा काला मानिसहरुले ऐतिहासिक रुपमा खराब अवस्था सामना गरिरहेको उल्लेख गरे।
विहान मर्निङ वाक गर्न हिँडेका काला मानिसलाई कसरी रोक्न सकिन्छ भनेर केही मानिसले सोचिरहेका हुन्छन्, प्रश्न गर्दा जवाफ नपाए उनीहरुलाई सीधै गोली हानेर हत्या गरिन्छ।
२३ फरबरीको बिहान मर्निङ वाकमा निस्केका अहमद आर्बरीलाई २५ वर्षीय एक युवकले गोली हानी हत्या गरेको घटनातर्फ ओबामाले संकेत गरेका थिए।
ट्रम्पमाथि टिप्पणी
सन् २०१७ मा पद छाडेयता ओबामाले सार्वजनिक रुपमा वर्तमान राष्ट्रपति ट्रम्प र उनको प्रशासनमाथि टिप्पणी गरेका थिएनन्। तर आठ मार्चका दिन आफ्ना पूर्व सहयोगी र अधिकारीहरुसँगको कुराकानीका क्रममा ओबामाले ट्रम्पको कामकारबाहीप्रति निकै गम्भीर टिप्पणी गरेका थिए।
उनले त्यतिखेर भनेका थिए, ‘कोही व्यक्तिले सपथ लिएर पनि झुठो बोलेको उदाहरण आजसम्म कतै पाइएको छैन, कानुनी शासनमाथि नै यो निकै ठूलो खतरा हो।’
ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार के माइकल फ्लिनमाथि लागेको सबै आरोप खारेज गरिएपछि ओबामाले ट्रम्पमाथि आलोचना गरेको छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्