×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी रजिस्ट्रार कार्यालयले थप्यो विवरण बुझाउने म्याद, जेठ मसान्तसम्म बुझाए हुँदैन जरिवाना !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कम्पनी रजिस्ट्रार कार्यालयले थप्यो विवरण बुझाउने म्याद, जेठ मसान्तसम्म बुझाए हुँदैन जरिवाना !

२१ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनीहरुले पेश गर्नुपर्ने विवरण बुझाउने म्याद थप गरेको छ ।  गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस कारण प्रभावित बनेका क्षेत्रहरूको लागि राहत, कर छुट तथा सुविधा स्वीकृत गर्दै विवरण बुझाउने अवधि थप गरेको हो । 
जसअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले पनि उक्त अवधि थप गरेको हो । अब कम्पनीहरुले पेश गर्नुपर्ने विवरण वा प्रतिवेदन २०७७ जेठ मसान्तसम्म बुझाउन सक्नेछन् । साथै कार्यालयले मागेको विवरण पेश गर्ने म्याद पनि सोही अवधिसम्म कायम भएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: