×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओपो र भोडाफोन बिच सहकार्य, भोडाफोन च्यानलबाट यूरोपमा ५जी नेवर्क फैलाउने तयारी

LAXMI SUNRISE BANK

ओपो र भोडाफोन बिच सहकार्य, भोडाफोन च्यानलबाट यूरोपमा ५जी नेवर्क फैलाउने तयारी

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको व्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन विस्तृत सहकार्यको घोषणा गरेको छ । नव प्रवर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको वार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको छ । ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ व्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभजी एडप्सनमा सेवा तथा थप तिव्रता प्रदान गर्ने निश्चित छ ।
सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरू जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ । यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुवै कम्पनीले संयुक्त रूपमा सटिक पहलहरू गर्नेछन् ।
ओपोले आफ्ना उत्पादनहरू अधिकम रूपमा ईन–हाउस गर्ने गरेको छ । साथै, कम्पनीका धेरै जसो उत्पादन केन्द्रहरू साधारण रूपमा सञ्चालनमा आइसकेको छ । फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दूवै कम्पनीहरू अनलाइन बिक्रि च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् । त्यस्तै, यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरू भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोटूृगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ । ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरूका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी