
- अर्थ सरोकार सम्बाददाता
धनकुटा । प्रदेश नं.१ का ९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै कोरोना भाइरस ९ जिल्लामा फैलिएको हो । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६० पुगेको छ ।
जसमा ३० जना भने निको भइसकेका छन् । प्रदेश १ मा सबैभन्दा बढी झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै उदयपुरमा ३३, धनकुटामा ७, मोरङ ६, सुनसरीमा ३ र संखुवासभामा २ जनामा संक्रमण देखिएको हो । यता खोटाङ, भोजपुर र सोलुखुम्बुका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ का १४ जिल्ला मध्ये पाँचथर, ईलाम, तेह्रथुम, ताप्लेजुङ र ओखलढुंगामा कोरोना संक्रमित भेटिएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्