
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ मा सय जना प्रहरीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार अत्यधिक कोरोना संक्रमित देखिएको प्रदेश २ को पर्साका ६८ जना र बाराका ३२ जना प्रहरीको कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो ।
यस्तै थुनुवाकोसमेत पीसीआर परीक्षण गराउने क्रममा पर्साका एक जना लागूऔषध मुद्दाका थुनुवा संक्रमित देखिएपछि पर्साका अधिकृतदेखि जवानसम्म ६८ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै, बारा जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवान संक्रमित देखिएपछि उनको सम्पर्कमा आएका ३२ जनाको परीक्षण गराइएको छ । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य प्रहरीको पनि परीक्षण गरिने प्रमुख सिंहले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्