×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा सय जना प्रहरीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रदेश २ मा सय जना प्रहरीको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

Artha Sarokar

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम
  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । प्रदेश २ मा सय जना प्रहरीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार अत्यधिक कोरोना संक्रमित देखिएको प्रदेश २ को पर्साका ६८ जना र बाराका ३२ जना प्रहरीको कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको हो । 
यस्तै थुनुवाकोसमेत पीसीआर परीक्षण गराउने क्रममा पर्साका एक जना लागूऔषध मुद्दाका थुनुवा संक्रमित देखिएपछि पर्साका अधिकृतदेखि जवानसम्म ६८ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै, बारा जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवान संक्रमित देखिएपछि उनको सम्पर्कमा आएका ३२ जनाको परीक्षण गराइएको छ । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य प्रहरीको पनि परीक्षण गरिने प्रमुख सिंहले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी