Skip to content
LAXMI SUNRISE BANK

प्रदेश ५ मा मात्रै कोरोना संक्रमितको संख्या ३ सय ९९ पुग्यो, गाउँमा त्रास बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । हालसम्म प्रदेश ५ मा कोरोना संक्रमितहरुको संख्या ३९९ पुगेको छ । पछिल्लो पटक प्रदेश ५ मा ३० संक्रमित थपिएसँगै यो संख्या ३९९ पुगेको हो । आज बिहानसम्म प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्यांक अनुसार संक्रमितको संख्या बढेर ३९९ पुगेको हो।
जसमा कपिलवस्तु जिल्लामा २७ जना नयाँ संक्रमित पुष्टि भएका छन् भने रुपन्देही जिल्लामा पनि दुई जनामा नयाँ संक्रमण पुष्टि भएको छ। यस्तै दाङमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म प्रदेश ५ को बाँकेमा १७१, कपिलवस्तुमा १०९, रुपन्देहीमा ४५ दाङमा २२ बर्दियामा १० नवलपरासी वर्दघाट सूस्ता पश्चिममा ५, गुल्मीमा ४ तथा अर्घाखाँची र रुकुम पूर्वमा ३र३ नजा संक्रमित भएको स्वास्थ्य निर्देशनालय प्रदेश ५ को तथ्यांकमा उल्लेख छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK