- अर्थ सरोकार सम्बाददाता
बुटवल । अहिलेसम्म प्रदेश ५ मा कोरोना संक्रमितहरुको संख्या २ सय ९९ पुगेको छ । पछिल्लो पटक अर्घाखाँचीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश ५ का १२ जिल्लामध्ये संक्रमित जिल्लाको संख्या ८ कोरोना फैलिएको छ ।
अर्घाखाँचीमा थप दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । हालसम्म बाँके जिल्लामा सबै भन्दा बढी एक सय ४७ जना संक्रमित हुँदा सबै भन्दा कम अर्घाखाँचीमा २ छ ।