
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ । पाकिस्तानमा मार्च १८ मा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए । त्यसको केही समयपछि पाकिस्तानले भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।
यो महिनाको सुरुमा पाकिस्तानले आर्थिक समस्यालगायतका कारण देखाउँदै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेको थियो । अहिले पाकिस्तानमा केही पस, उत्पादन क्षेत्र र व्यवसायहरु खुले पनि विद्यालयहरु भने जुलाई १५ सम्म बन्द रहनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्