×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै पाकिस्तानले गर्यो ‘लकडाउन’ खोल्ने निर्णय

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै पाकिस्तानले गर्यो ‘लकडाउन’ खोल्ने निर्णय

Artha Sarokar

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो । बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन् । 
पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ । उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए । यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ ।
पाँच सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसमम कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ । साथै पाँच सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा एक हजार पाँच सय २३ नयाँ संक्रमित फेला परेका छन् । एक दिनमा फेला परेका नयाँ संक्रमितको यो संख्या पाकिस्तानको लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो । -एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी