- अर्थ सरोकार सम्बाददाता
पाकिस्तान – पाकिस्तानमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तान कोरोना संक्रमणबाट थप ४१ जना मृत्यु भए छ । योसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८५ पुगेको हो ।
पाकिस्तानमा एकैदिन १ हजार ४३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २४ हजार ६४४ पुगेको छ । पाकिस्तानमा संक्रमितमध्ये ६ हजार ४६४ जना उपचारपछि निको भएका छन् । १७ हजार ५९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।