Skip to content
LAXMI SUNRISE BANK

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो, मृत्यु हुनेको संख्या कति ? (अपडेट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पाकिस्तानमा कोरोना भाइरस (कोभिड -१९)बाट संक्रमित हुनेको संख्या ४३ हजार नाघेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ४३ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन् । 
यस्तै स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK