×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यिनै हुन् एपि वान टेलिभिजनको प्रेस कार्ड भिरेर चिकित्सकको घरमा चोरी गर्ने डाकाहरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यिनै हुन् एपि वान टेलिभिजनको प्रेस कार्ड भिरेर चिकित्सकको घरमा चोरी गर्ने डाकाहरु !

Artha Sarokar

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एपि वान टेलिभिजनको नक्कली प्रेस कार्ड भिरेर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनको मौका छोपेर विभिन्न समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको एसपी कार्कीले बताए ।

पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मिया रहेका छन् ।महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी