×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पामा ४१ जनाको स्वाब सङ्कलन, कस्तो आउला रिपोर्ट ?

PRIME CA

पाल्पामा ४१ जनाको स्वाब सङ्कलन, कस्तो आउला रिपोर्ट ?

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पाल्पा । पाल्पामा ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।
भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । प्रदेश नं ५ सरकारले १५० पिसिआर र ६४० आरडिटी किट उपलब्ध गराएको थियो । 
लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले बताए । अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: